दफा ५६
कारबाही नहुने
प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि भ्रष्टाचार भएको वा हुन लागेको विषयमा कानुनी कारबाही अगाडि बढाउन वा भ्रष्टाचार हुन नदिने गरी सूचना दिने राष्ट्रसेवकलाई निजले गरे वा पु¥याएको सहयोग बापत निजको सेवा शर्त सम्बन्धी कानुन अनुसार गोपनीयता भङ्ग गरेको आधारमा कारबाही हुने छैन ।